२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ देखि माघ २९ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर १ः१ को अनुपात सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाएको छ।
उक्त हकप्रद सेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत भई कारोबारमा आइसकेको कम्पनीले जानकारी दिएको छ।
त्यस्तै, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरूले कर्जा दिएको बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर (एनओसी) प्राप्त गरेपछि मात्र डिम्याट खातामा हकप्रद शेयर पठाइने भएको छ । सो सम्बन्धि जानकारी कम्पनीले दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij