२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजावादीहरूको अराजक आन्दोलनमा क्षति भएको सम्पत्तिहरुमा नेपाल ४३ वटा मागदाबी परेको छ । हिजोसम्म ४ करोड ८७ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ ।
उक्त आन्दोलनमा क्षति भएको सम्पत्तिहरुमा ४३ वटा मागदाबी परेको छ । मागदाबी मध्ये ३३ वटा मोटरबीमा अन्तर्गत रहेको छ भने यसबापत १ अर्ब २२ करोड रुपैयाँ बराबरको मागदाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।२ वटा दाबी बापत ४३ हजार ८२२ रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाए।
सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखको ३ करोड ११ लाख ६६ हजार रुपैयाँको मागदाबी प्राप्त भएकोमा हालसम्म कुनै भुक्तानी नभएको पनि जानकारी गराएको छ । इञ्जििनियरिङ बीमातर्फ ३ वटा बीमालेखमार्फत् ३७ लाख रुपैयाँ तथा विभिन्न बीमातर्फ २ वटा बीमालेख मार्फत् १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । विभिन्न बीमा अन्तर्गत ११३० रुपैयाँ भुक्तानी भएको रहेछ ।
कुन कम्पनीको दाबी कति ?
राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै भुक्तानीको दाबी परेको छ । उक्त कम्पनीमा २ वटा बीमालेखबापत १ करोड २७ लाख रुपैयाँ मागदाबी परेको छ ।
हिमालय जनरल इन्स्योरेन्समा एउटा बीमालेखबाट १६ लाख ९५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा ४ वटाबीमालेखमा १४ लाख ६० हजार रुपैयाँ,नेको इन्स्योरेन्समा चार वटा बीमालेखबापत ५२ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्समा एउटा बीमालेखबापत ४७ लाख ५० हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमालेखबापत १ करोड १७ लाख ५० हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा बीमालेखमा ६८ लाख ९१ हजार २१३ रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा बीमालेखबापत २० लाख ७५ हजार रुपैयाँको मागदाबी परेको रहेछ ।
शिखर इन्स्योरेन्समा ५ वटा बीमालेखबापत १३ लाख २५ हजार १२ रुपैयाँ, नेपाल इन्स्योरेन्समा एउटा बीमालेखबापत ८ लाख ७१ हजार ७९५ रुपैयाँ र प्रभु इन्स्योरेन्समा १ बीमालेखबापत ५० हजार रुपैयाँ मागदाबी परेको जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij