Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरमा गल्ती कसको ? बालेन्द्रले रघुनाथलाई दिएका थिए यस्तो निर्देशन

काठमाडौं महानगरमा गल्ती कसको ? बालेन्द्रले रघुनाथलाई दिएका थिए यस्तो निर्देशन


  • 2.2K
    Shares

    • images
    काठमाडौं महानगरमा गल्ती कसको ? बालेन्द्रले रघुनाथलाई दिएका थिए यस्तो निर्देशन

    काठमाडौं । विहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने आहानजस्तै दृष्य देखियो । 

    महानगरपालिका आफैंले भर्ती गरेर फुली दिएका नगर प्रहरीले महानगरका जनप्रतिनिधि, कर्मचारी, प्रशासकीय अधिकृत र उपमेयर समेतलाई कार्यालय प्रवेशमा अवरोधको प्रयास गरे । महानगरपालिकाको कार्यालय कमलादी प्लाजामा बिहान कार्यालय खुल्ने समयदेखि नै नगर प्रहरीहरु तैनाथ थिए । प्लाजाको पश्चिमद्वारसमेत नगर प्रहरीले छेकिरहेको थियो । जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै छिर्न नदिने कार्यमा महानगर प्रहरी खटिएका थिए ।

    महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा छिर्ने चेन गेटमा ताला लगाइदिएका थिए । उनी चढ्ने गाडीमा समेत ‘मेयर बालेन्द्रको आदेश’ भन्दै ‘ह्विल लक’ लगाइएको थियो ।

    गुरागाईलाई कार्यकक्षमा प्रवेश गर्न नदिन पाण्डे दलबलका साथ महानगर कब्जामा लिएर बसेका थिए । कर्मचारी र जनप्रतिनिधिले कार्यालयमा प्रवेश गर्नका लागि नगर प्रहरीसँग झण्डै कुस्ती नै खेल्नुपरेको थियो ।

    तीन महिनादेखि हाजिर गर्न नपाएका महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सरोज गुरागाई महानगरमा हाजिर गर्न आएमा छिर्न नदिनू भन्ने बालेन्द्रको निर्देशन रहेको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको भनाइ थियो ।

    विहीबार बिहान तनावपूर्ण स्थिति भइरहँदा महानगर प्रमुख बालेन्द्र शाह कार्यालयमा देखिएका थिएनन् । धेरैलाई लागेको थियो, उनी महानगरभित्रै रहेर नगरप्रहरी खटाइरहेका छन् । तर, उनी उपप्रमुखलाई समेत थाहा नदिई काभ्रेतिर लागेका थिए । उतैबाट उनले राजुनाथ पाण्डेलाई निर्देशन दिइरहेका थिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - ०७:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij