Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो


  • 2.2K
    Shares

    कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको बिहीबार अपरान्ह सुनवाइ सकिएपछि कुलमानको पक्षमा अन्तरिम आदेश नदिएको हो । यससँगै सरकारद्वारा नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो खुलेको छ ।

    गत मंगरबारदेखि न्यायाधीशद्वय डा. चुडाल र पाण्डेयको इजलासमा यो मुद्दामा निरन्त सुनुवाइ भएर तेस्रो दिन सकिएपछि आदेश भएको हो । तत्कालीन सरकारले हितेन्द्रेवलाई पनि कुलमानलाई जस्तै पदमुक्त गरेको अवस्थामा पुनर्वहाली हुने आदेश नभएको नजीरकै आधारमा आदेश आएको हो ।

    आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाइएकाले पुनर्स्थापना माग गर्दै घिसिङ सर्वोच्च गएका थिए । उता नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले आफ्नो पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै निवेदन दिएका थिए । उनको रिटमा पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    यससँगै कुलमानलाई प्रबन्ध निर्देशक बनाएको बेलाको खाली कार्यकालको सेवा सुविधा हितेन्द्रले पाउने-नपाउने छिनोफानोका लागि कुर्नुपर्ने भएको छ।

    हितेन्द्रको मुद्दालाई न्यायाधीशद्वयले अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन आदेश दिएका छन् । तत्कालीन सरकारले हितेन्द्रलाई हटाएर कुलमानलाई प्रबन्ध निर्देशक बनाएको थियो ।

    सर्वोच्चले यी दुवै रिट लगाउमा राखेर हेरेको थियो । सुनुवाइ सकिएपछि हितेन्द्र र कुलमान दुवैको रिटमा एकसाथ आदेश आएको हो ।

    images
    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १८:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij