Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बजेट कार्यान्वयनको विषयमा कर्णाली प्रदेशमा अनुगमन गर्ने निर्णय

बजेट कार्यान्वयनको विषयमा कर्णाली प्रदेशमा अनुगमन गर्ने निर्णय


  • 2.1K
    Shares

    • images
    बजेट कार्यान्वयनको विषयमा कर्णाली प्रदेशमा अनुगमन गर्ने निर्णय

    काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनको विषयमा कर्णाली प्रदेशमा अनुगमन गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको समिति बैठकले वार्षिक नीति तथा कार्यक्रमको आधारमा कर्णाली प्रदेशमा कार्यान्वयनको अवस्थाको विषयमा अनुगमन गर्ने निर्णय गरेको हो । समिति सभापति ठाकुरप्रसाद गैरेले समितिले कर्णाली प्रदेशमा संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाको विषयमा अनुगमन गर्ने निर्णय भएको बताए ।

    सरकारले अगाडि सारेको वार्षिक नीतिको आधारमा बजेट कार्यान्वयनको अवस्था कृषि, विद्युत्, खानेपानी,शिक्षा,स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित विषयमा कार्यान्वयनको प्रगतिको अवस्था बारेमा अनुगमन गरिने समिति सभापति ठाकुरप्रसाद गैरेले बताएका छन् ।  अनुगमन गर्ने हिसाबले कर्णाली प्रदेशमा वैशाख ७ गतेदेखि १३ गतेसम्म अनुगमन गर्ने निर्णय गरिएको छ । 
     

     

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १५:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij