२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी)मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यको लागि साझा प्रयास गर्नु परेको बताए ।
बङ्गालको खाडीको प्रयासकोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताएका छन्।
एआइटीलमा हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् भने यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीन जना नेपाली सदस्य रहेका छन् र सात जना फ्याकल्टी मेम्मर नेपाली छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij