२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौं उपत्यकाको १६ नदी र खोला सरसफाइ गर्दा १४३ दशमलव ५५ मेट्रिक टन फोहोर निकालेको छ ।
१०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।
नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ र साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ ।
अनौपचारिक सर(सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरको प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको नेपालको प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले जानकारी दिए । उक्त अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरको प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणको लागि उपयोग गरेको जनाएको छ ।
उक्त परियोजनाअन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij