२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनमा उत्रिएको शिक्षक कर्मचारीहरूलाई आन्दोलनप्रति मन्त्रालय जानकार रहेको र वार्ताको लागि आग्रह गरेको छ ।
विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रकियामा रहेको त्यसलाइ यथाशिघ्र पारितको माग राख्दै शिक्षक कर्मचारीहरू केहि समयदेखि ध्यानाकर्षण गराउदैं आएको विषयप्रति मन्त्रालय ध्यानाकर्षण भएको छ ।
शिक्षा मन्त्रालयको प्रवक्ता शिवकुमार सापकोटाले छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको विज्ञप्तीमा जानकारी दिएको छ । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जानकारी दिएको छ ।।
विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकोलेसामुहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तीमा जनाएके छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij