Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महानगरको कार्यालयमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

महानगरको कार्यालयमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं


  • 1.4K
    Shares

    • images
    महानगरको कार्यालयमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् । 

    गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका छन् । यद्यपि उनको कार्यकक्षमा ताला लगाइएको छ । 

    गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि काँग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् । 

    मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरूको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ११:०६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij