Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बरामद भएको २५ करोडका मालिक नारायण पौडेल को हुन् ?

बरामद भएको २५ करोडका मालिक नारायण पौडेल को हुन् ?


  • 2.2K
    Shares

    • images
    बरामद भएको २५ करोडका मालिक नारायण पौडेल को हुन् ?

    सिन्धुपाल्चोकका नारायण पौडेल विवादित पृष्ठभूमिका व्यक्ति हुन्। उनका चार दाजुभाइ छन्। उनी माहिलो हुन्।

    दाजुभाइहरू राजनीतिक पृष्ठभूमिकै व्यक्तिसमेत रहेको खुलेको छ। जेठो ध्रुव पौडेल नेकपा (एमाले) मा आवद्ध छन्। उनी एक पटक फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए।

    साइलो बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष भइसकेका व्यक्ति हुन्। कान्छो राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। उनी २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष बनेका थिए।

    उनले २०७९ को चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए। तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। एक जना प्रहरी अधिकृतका अनुसार चार जना दाजुभाइकै आपराधिक पृष्ठभूमि देखिन्छ।

    ‘उनीहरू चारै जनाको पृष्ठभूमि आपराधिक देखिन्छ। रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुण्डी) मा संलग्न भएको देखिएको हो,’ ती अधिकृतले भने, ‘अहिले नाम आएका नारायणको पनि पृष्ठभूमि त्यस्तै खालको हो।’

    नारायण यसअघि विदेशी मुद्रा अपचलनकै कसुरमा पक्राउ परी धरौटीमा रिहा भएका थिए।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०६:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij