Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रकबाट बरामद गरिएको २५ करोड काण्डका मालिक पत्ता लागे, को हुन् उनी ?

ट्रकबाट बरामद गरिएको २५ करोड काण्डका मालिक पत्ता लागे, को हुन् उनी ?


  • 2.6K
    Shares

    • images
    ट्रकबाट बरामद गरिएको २५ करोड काण्डका मालिक पत्ता लागे, को हुन् उनी ?

    काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ ।

    प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ ।

    उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । २०७९ मा भने उनी कांग्रेससँग पराजित भए । नारायण पनि माओवादीमा आबद्ध छन् भने अर्का दाजु बच्चु पौडेल कांग्रेससँग छन् । जेठो ध्रुव पौडेल २०५४ सालमा एमालेबाट फुल्पिङकट्टी गाउँपालिका अध्यक्ष भएका थिए । माइलो बच्चु पौडेल नेपाली कांग्रेसका नेता हुन् ।

    बच्चु हिमालय सिमापार व्यापार संघको पूर्व अध्यक्ष हुन् । साइलो नारायण पौडेल माओवादीमा आबद्ध छन् । रक्तचन्दन तस्करीमा संलग्न नारायण भारतमा बसेर कारोबार गर्थे भने कान्छो राजकुमार पौडेल भने माओवादीको नेतृत्वमै छन् ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका-१० बस्ने उनै नारायण पौडेल २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ ।

    गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुन् ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १६:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij