Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट


  • 1.5K
    Shares

    पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

    काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।  

    त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।
     
    “शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले  भने । 

    आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।

    images
    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १५:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij