Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज विश्व एड्स दिवस ! खुल्दै एचआइभी सङ्क्रमित

आज विश्व एड्स दिवस ! खुल्दै एचआइभी सङ्क्रमित


  • 8.2K
    Shares

    आज विश्व एड्स दिवस ! खुल्दै एचआइभी सङ्क्रमित
    images

    कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् ।  धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन् ।

    धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण सङ्क्रमितहरु खुलेर आउन थालेका हुन् । 

    एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनुभयो । 

    “एआरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा  पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भन्नुभयो “सङ्क्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।”

    सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आएको छ । सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

    सेन्टरको तथ्याङक अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना सङ्क्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताउनुभयो ।  जिल्लामा हालसम्म ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ । 

    हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटीभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका सङ्क्रमितलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि सङ्क्रमितहरु खुल्न थालेको  एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिनुभयो । नेपालमा सङ्क्रमितको सङख्या ३१ हजार २० रहेको छ । रासस

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १३:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij