Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आरपीएसमार्फत हुने ५०० सम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था

आरपीएसमार्फत हुने ५०० सम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था


  • 1.3K
    Shares

    आरपीएसमार्फत हुने ५०० सम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था

    काठमाडौं । सानो रकमको भुक्तानी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत  हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा अब कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

    बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङरहेको कनेक्टआईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने क्यास आउटलाई पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

    उक्त व्यवस्था चैत्र १९ गतेबाट कनेक्टआईपीएसमा कार्यान्वयनमा आइसकेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने भएको छ । 

    आरपीएसमार्फत हुने कारोबार रकमको आधारमा हाल कायम रहेको २ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने भएको  छ । चालू वर्षको ८  महिनामा ४ हजार ५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु भयो भने गत वर्षमा ५ हजार ६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबार भएको थियो । 

     

    images
    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १२:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij