Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपालभित्रै दुर्गा प्रसाईं रहेको अनुमान, विशेष ब्यूरोको सक्रियतामा खोजी प्रक्रियाको नयाँ मोड

नेपालभित्रै दुर्गा प्रसाईं रहेको अनुमान, विशेष ब्यूरोको सक्रियतामा खोजी प्रक्रियाको नयाँ मोड


  • 1.6K
    Shares

    नेपालभित्रै दुर्गा प्रसाईं रहेको अनुमान, विशेष ब्यूरोको सक्रियतामा खोजी प्रक्रियाको नयाँ मोड

    काठमाडौं । चैत्र १५ गते  शुक्रबारको राजावादी प्रदर्शनको  अगुवा दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ ।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई प्रदर्शन भएकै राति प्रहरीले पक्राउ गरेको थियो ।

    तर, प्रसाईं अझै पक्राउ परेका छैनन् । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको छ ।

    प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ ।

    प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । अपराध अनुसन्धान कार्यालयले उक्त प्रदर्शनका प्रायजसो अगुवासहित कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाइसकेको छ ।

    तर, उक्त कार्यालयको टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ ।‘अब विशेष व्युरोले खोज्दैछ, आवश्यकताअनुसार खटिनुपर्ने गरी हामीलाई हाइअलर्टमा राखिएको छ’, अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।

    केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनायो ।

    अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रसाईंको खोजीका क्रममा गरिएको सिसिटिभी फुटेज अध्ययनको निश्कर्ष, उनले चलाउने विभिन्न किसिमका इलेक्ट्रोनिक्स डिभाइसका आधारमा गरिएको अनुसन्धानबाट खुलेका तथ्य विशेष व्युरोलाई उपलब्ध गराइएको छ । त्यसो त त्यस्तो विषयको अनुसन्धान गर्न व्युरो आफैं सक्षम छ ।

    ‘विशेष व्युरोले आवश्यकताअनुसार अन्य युनिटको मद्दत लिन पनि सक्छ, तर अहिले त्यहीँको जनशक्तिलाई सक्रिय बनाइएको छ’, स्रोतले बतायो । व्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरेका छन् । यसबारे उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    images
    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १२:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij