Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

भाटभटेनीका सुरक्षा गार्ड पराजुली सम्मानित : ५ लाख १ हजार १११ नगद र पाँच ग्रेड बढुवा

भाटभटेनीका सुरक्षा गार्ड पराजुली सम्मानित : ५ लाख १ हजार १११ नगद र पाँच ग्रेड बढुवा


  • 1.5K
    Shares

    • images
    भाटभटेनीका सुरक्षा गार्ड पराजुली सम्मानित :  ५ लाख १ हजार १११ नगद र पाँच ग्रेड बढुवा

    काठमाडौं । शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न भयो । सो क्रममा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

    बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले  सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो । 

    कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् ।  सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए। 

    पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ सङ्ख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियोमा देख्न सकिन्छ ।  

    उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिवार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । यसका लागि सरसफाइ लगायत कर्मचारीले रातभर काम गरेका थिए ।

     

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १०:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij