Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : २ लाख ५९ हजारभन्‍दा बढीमा संक्रमण, १७६१ जनाको मृत्यु

भारतमा कोरोना : २ लाख ५९ हजारभन्‍दा बढीमा संक्रमण, १७६१ जनाको मृत्यु


  • 7.2K
    Shares

    भारतमा कोरोना : २ लाख ५९ हजारभन्‍दा बढीमा संक्रमण, १७६१ जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको छ । १ लाख ५४ हजार ७६१ जना भने संक्रमण मुक्त भएका छन् ।

    यस्तै,  कोभिड १९ संक्रमणका कारण १ हजार ७६१ जनाको मृत्यु भएको छ । हाल भारतमा २० लाख ३१ हजार ९७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    भारतमा १ करोड ५३ लाख २१ हजार ८९ जनामा संक्रमण पुष्टि भइसक्दा १ लाख ८० हजार ५३० जनाको मृत्यु भइसकेको छ ।संक्रमण बढ्दै जाँदा दिल्ली, महाराष्ट्र लगायतका राज्यमा लकडाउन र प्रतिबन्धहरु लगाइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १०:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij