Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

पटाका कारखानामा विस्फोट, एकै परिवारका ८ जनाको मृत्यु

पटाका कारखानामा विस्फोट, एकै परिवारका ८ जनाको मृत्यु


  • 4.5K
    Shares

    पटाका कारखानामा विस्फोट, एकै परिवारका ८ जनाको मृत्यु

    पश्चिम बंगालको दक्षिण २४-परगना जिल्लाको पथर प्रतिमा क्षेत्रमा पटाका कारखानामा राखिएको पटाका भण्डारमा विस्फोट हुँदा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। 

    सोमबार भएको घटनामा घाइते एक जनाको मंगलबार दिउँसो मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो। मृतकमा चार बालबालिका पनि छन् र ती सबै एकै परिवारका हुन्।

    घटना हुँदा परिवारका एघार सदस्यमध्ये तीन जना घर बाहिर रहेकाले बचेको प्रहरीले जनाएको छ। यी तीन जनाबाहेक अरू सबैको मृत्यु भइसकेको छ।

    पटाका व्यवसायमा संलग्न परिवारका दुई दाजुभाइ चन्द्रकान्त बनिक र तुषार बनिकविरुद्ध प्रहरीले गैरजमानती धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। प्रहरीले दुवै दाजुभाइसँग पटाका व्यवसायको लाइसेन्स रहेको बताएको छ। घरमा ठूलो मात्रामा पटाका भण्डारण गरिएको थियो।

    कुनै कारणले यो विस्फोट हुँदा बनिक परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १८:४०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij