Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तीनकुने घटना

पत्रकार रजकलाई गोली लागेको हल्ला पछि चिकित्सकले पोस्टमार्टम अस्वीकार

पत्रकार रजकलाई गोली लागेको हल्ला पछि चिकित्सकले पोस्टमार्टम अस्वीकार


  • 3.3K
    Shares

    पत्रकार रजकलाई गोली लागेको हल्ला पछि  चिकित्सकले पोस्टमार्टम अस्वीकार

    काठमाडौं ।  काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्नुपर्ने अडान लिएकाले पोस्टमार्टम  ढिलाइ भएको छ । 

    त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ । 

    तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो।

    चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन्।

     चिकित्सका अनुसार, गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुन्छ । फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुने बित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो ।

    images
    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १५:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij