Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेन्डा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेन्डा


  • 7.4K
    Shares

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेन्डा
    images

    काठमाडौं । वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माणलगायतका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले बताए । सोमबार बोलाइएको बैठक अरु राजनीतिक दलसँगको छलफलका कारण स्थगित गरिएको थियो । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलले जानकारी दिए । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन सोमबार अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १०:३५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij