२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चैत्र १५ गते तीनकुने को घटना को सन्दर्भमा, पुर्व राजावादीहरुको राजतन्त्रको पक्षमा गरिएको भनिएको कार्यक्रमलाई समग्रतामा हेर्दा अराजक, तोडफोड, आगजनी, हिंसात्मक, लुटपाट र मानिसलाई थुनेर आगलागि गराउने जस्ता आतताही तथा अपराधिक घटना श्रृँखलाको रुपमा भएको देखिन्छ।
कार्यक्रम आयोजकहरुबाट सुरु देखि नै उदण्ड र उत्तेजक प्रस्तुती त भैरहेकै थियो। तर सरकारी पक्षबाट शान्ति सुरक्षाको लागि आवस्यक तयारी भएको देखिएन। सरकारी पक्षबाट तयारी नभएको मात्र होईन सरकार एक हद सम्म बेवास्था, लापर्वाही र गैरजिम्मेवार समेत भएको देखिन्छ।
कतिपय सन्दर्भलाई हेर्दा सरकार पक्षबाट पनि उत्तेजक घटनाहरु भएनन् भनेर भन्न सक्ने अवस्था देखिएन। जसले गर्दा २ जनाको हताहत सहित ठुलो धन जनको दुखद: क्षति भएको छ। यसबाट मुलुकमा अराजकता र द्वन्दको परिस्थिति श्रृजना गरेर संकट काल निम्त्याउने र सैन्य परिचालनको परिस्थिति श्रृजना गर्ने, सँघिय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने, संकट व्यबस्थापन को नाममा विदेशी सेना निम्त्याउने, मुलुकको सार्वभौम सुरक्षा र परराष्ट्रनीति विदेशीको हातमा सुम्पिने र नेपाललाई साम्राज्यवादी शक्ति केन्द्रहरुको सामरिक सैन्य अखडा बनाउने दिशामा सबै गतिविधिहरु प्रायोजित रुपमा भैरहेको देखिन्छ।
त्यसको लागि ती शक्ति केन्द्रका एजेन्सीहरु मार्फत बर्तमान हिसांत्मक घटनाहरु संचालन भैरहेको देखिन्छ। विगतमा नारायणहिटी दरवार नरसंहारकारी विभत्सब हत्या काण्ड र तत्पश्चात नेपालमा निरन्तर राजनेताहरुको दुर्घटनाको नाममा रहस्यमय निधनका घटनाहरु हुन्दै आईरहेको छ। त्यहि शक्तिले आज पुर्वदरवारियाहरु को प्रयोगदेखि सरकार र राज्यका विभिन्न अंगहरुलाई दुरुपयोग गरी नेपालको राष्ट्रिय अस्मितालाई समाप्त गर्ने ग्राण्ड डिजाईन ती शक्ति केन्द्रहरुबाट चलिरहेको बुझ्न सकिन्छ।
चैत्र १५ गतेको तीनकुनेको घटना श्रृँखला यहि षडयन्त्र को एउटा कडी को रुपमा अभिव्यक्त भएको छ। अत: मुलुकको स्वाधिनताको रक्षा र गणतन्त्रको रक्षाको निम्ति सँपुर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्र पक्षधर शक्तिहरुको विचमा एकताबद्व हुनै पर्छ।
समाजवादी मोर्चाले चैत्र १५ गते भृकुटी मन्डपमा पचासौ हजारको जनसहभागिताबाट भव्य र सान्दार रुपमा सम्पन्न गरे झैँ फेरी पनि निरन्तर रुपमा राष्ट्रियता र गणतन्त्रको रक्षाको निम्ति शान्तिपुर्ण जनपरिचालन, जनसभा र जनप्रदर्शनहरु देशका विभिन्न भागहरुमा जारी राख्नै पर्दछ। -देब गुरुङ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij