२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३५ किलो गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ ।
कटारी नगरपालिका–४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलोग्राम गाँजासहिते २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २९०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा गाँजा प्रहरील नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij