Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज मंगलवार, २०८१ चैत्र १९ गतेको राशिफल

आज मंगलवार, २०८१ चैत्र १९ गतेको राशिफल


  • 4.1K
    Shares

    आज मंगलवार, २०८१ चैत्र १९ गतेको राशिफल

    मेष

    पितासङ्गको सम्बन्ध मजबुत बन्नेछ। कार्यक्षेत्रमा प्रगतिले फड्को मार्नेछ । आज काम बन्ने योग रहेको छ ।

    बृष

    खर्चमा बढोत्तरी होला , अनावश्यक झैझमेलामा फसिने योग रहेको छ । बिनाकामको यात्राले मन अशान्त रहन सक्दछ ।  दिनको प्रारम्भमा भगवान हनुमानको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला। दिन सफल रहनेछ ।

    मिथुन

    आयोश्रोतमा बृद्दी हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । पदमा बढोत्तरी हुने बेला रहेको छ । मन प्रफुल्ल भएर शारीरिक एबम भौतिक शान्तिको आत्मानुभुती पनि रहने देखिन्छ । दैनिक कार्यारम्भ गर्दा कालभैरवको दर्शन गरेर कार्यको प्रारम्भ गर्नुहोला  अधिक लाभ मिल्नेछ ।

    कर्कट

    कार्यछेत्र मजबुत रहेको छ । आफुले गरेको कामले अरुले जश दिनेछन । पैतृक सुखको योग पनि रहेको छ । धार्मिक कार्यमा मन जानेछ । आध्यात्मिक सुखानुभुती प्राप्त होला । दैनिक कार्यारम्भ गर्दा इन्द्रायणी देविको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला । मनोवान्छित फल पाउनुहुनेछ ।

    सिंह 

    धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ । दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला ।  दैनिक कार्यारम्भ गर्दा गौरीशंकर को उपासना गरेर कार्यको थालनी गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    कन्या

    मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला । दैनिक कार्यारम्भ गर्दा पशुपतिनाथको स्मरण गरेर कार्यको थालनी गर्नुहोला शुभ फल पाइनेछ ।

    तुला

    प्रेम सम्बन्ध बलियो हुनेछ ।  कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला । दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ ।

    बृश्चिक

    शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन । सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नबाधाहरु हट्नेछन ।

    धनु

    सन्तान सुखको योग रहेको छ । शिक्षामा प्रगति हुदा मन प्रफुल्ल रहनेछ । परिक्षामा सफल भइने छ । गुरुजनहरुको आशीर्वाद प्राप्त होला समय मजबुत रहेको छ । दिनको उत्तरार्धमा भने । कतै छोटो दुरिको यात्राको योग रहेको छ । कार्यको आरम्भ गर्दा हयगृव भगवानको दर्शन गरेर कार्यारम्भ गर्नुहोला विद्यामा अझै सफलता प्राप्त गर्नुहुनेछ ।

    मकर

    तृसुखमा कमि आउनेछ । कतै टाढाको यात्रा होला । कसैको अपमान खेप्नुपर्ला । मनमा अशान्ति पैदा हुनेच । मुहारको कान्ति हट्नेछ । सचेत रहनुहोला । कार्यको थालनी गर्दा महाकाली महालक्ष्मी र महासरस्वतीको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । अशुभ फलबाट बचिनेछ ।

    कुम्भ

    पारिवारिक रमाइलो भेटघाटको समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुन पाइनेछ ।  भाइबन्धुमा सम्बन्ध सुधार हुने योग रहेको छ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । कार्यको प्रारम्भ गर्दा लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

    मीन

    आज आकस्मिक धनलाभ हुनेछ । मीठो भोजन प्राप्त होला ।वाणिमा मधुरता छौनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । हराएका सरसामान भेट्टाइने योग रहेको छ । दैनिक कार्यारम्भ गर्दा नागदेवताको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ०१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij