२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका ४ दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ठक्करबाट अन्दाजी ६० वर्षीया नानीकली थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको बताए । “सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको हो । चालकलाई नियन्त्रणमा लिएर सर्केगाड प्रहरी चौकीमा राखिएको छ,” पोखरेलले भने ।
उनका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकको लापरबाहीले थापाको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij