Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने, यस्तो छ कार्यसूची ?

आज कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने, यस्तो छ कार्यसूची ?


  • 2.6K
    Shares

    आज कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने, यस्तो छ कार्यसूची ?

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद भवन नयाँबानेश्वरमा  प्रतिनिधिसभाको बैठक बिहान ११ बजेर राष्ट्रिय सभाको बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको हो।

    प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। ओलीले गत शुक्रबार भएको पूर्वराजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरण र समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

    यसैगरी आजको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने , पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यसूची छन्।

    यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

    गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यसैगरी प्रधानमन्त्री के।पी। शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्ु भनी प्रस्ताव र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    karyasuchi_mr6eqakU5l.jpg

    images
    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ०७:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij