Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित


  • 2.5K
    Shares

    • images
    प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित

    प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी भएका छन्। 

    यही चैत १६ र १७ गते काठमाडौँमा सम्पन्न संगठनको पाचौँ अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी अध्यक्षमा विजयी भएका हुन्।

    गएको शनिबार उद्घाटन समारोह गरेको प्रेस सेन्टरले अध्यक्ष, महासचिवसहितका केही पदमा गएराति निर्वाचन गरेर नेतृत्व टुंग्याएको हो। मतदान राति १२ बजेसम्म चलेको थियो। 

    निर्वाचन समितिका प्रमुख गोविन्द आचार्यले ३ सय ६६ मत प्राप्त गरी गिरी अध्यक्षमा विजयी बनेको बताए। त्यसैगरि वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका छन्।

    महासचिवमा मनोज घर्तीमगर ३ सय ७९ मत प्राप्त गरी विजय भएका छन्। उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत मात्रै प्राप्त गरे । त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्। 

    बाँकी सबै पदाधिकारी र  केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ०६:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij