Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना

३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना


  • 1.5K
    Shares

    ३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    यतिबेला (सोमबार बिहान ६ बजे) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। 

    देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    मेघगर्जन रचट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ। 

    images
    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ०६:०८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij