Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

इन्द्रसरोवरको डिजिटल बोर्डमा देखियो ‘राजा आऊ देश बचाऊ’

इन्द्रसरोवरको डिजिटल बोर्डमा देखियो ‘राजा आऊ देश बचाऊ’


  • 1.9K
    Shares

    इन्द्रसरोवरको डिजिटल बोर्डमा देखियो ‘राजा आऊ देश बचाऊ’

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको डिजिटल बोर्डमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लेखी प्रसारण गरिएको छ। 

    आइतबार (आज) दिउँसो २ः३० बजेतिरको समयमा गाउँपालिकाको डिजिटल बोर्डमा यस्तो लेखिएको सामाग्री प्रशारण भएको हो। डिजिटल बोर्डमा राजा आउ देश बचाउ लेखिएको देखेपछि कार्यालयमा आएका सेवाग्राहीहरुले हो–हल्ला गरेका थिए। त्यसको केहीबेरमा नै बोर्डको लाइन बन्द गरिएको थियो।

    गाउँपालिकाको सूचनाहरु अपडेट गर्ने जिम्मेवारी पालिकाका आइटी अधिकृत राजन खतिवडाको थियो। अन्य समयमा जनहितमा जारी सूचना प्रवाह हुने गरेकोमा आइतबार ‘राजा आउ देश बचाउ’ लेखिएको व्यानर करिब ५ मिनेटसम्म प्रशारण भएको हो। 

    स्थानीयले हो–हल्ला गरेपछि तुरुन्तै बन्द गरिएको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिए। यता, गाउँपालिकाले उक्त सन्देश कार्यालयबाट प्रसारण नगरिएको भन्दै विज्ञप्ति जारी गरेको छ।  कार्यालयको डिजिटल बोर्डमा अनधिकृत पहुँच पुर्याएर ह्याक गरेर उक्त सन्देश प्रवाह गरिएको जनाएको छ। 

    पालिकाले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाका वरिष्ठ अधिकृत धर्मानन्द पन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ। यसलाई गैरकानूनी क्रियाकलापको रूपमा व्याख्या गर्दै दोषी उपर आवश्यक अनुसन्धान गरी कानूनी कारबाहीको माग गरिएको छ। यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले घटनाबारे अनुसन्धान हुने बताइन्।

    images
    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १७:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij