Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग


  • 1.9K
    Shares

    • images
    तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

    काठमाडौं । नागरिक समाजका अगुवा डा। सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु। एक लाख सहयोग उपलब्ध गराएका छन् । 

    रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा। दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे ।

    आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरे ।

    साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा। दीक्षितले सरकारसँग आग्रह गरे । सरकार सबैको अभिभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १६:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij