Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जनकपुरमा तनाव, प्रहरीले बल प्रयोग गरेर खुलायो सडक

जनकपुरमा तनाव, प्रहरीले बल प्रयोग गरेर खुलायो सडक


  • 1.4K
    Shares

    • images
    जनकपुरमा तनाव, प्रहरीले बल प्रयोग गरेर खुलायो सडक

    काठमाडौं । धनुषाका अंशु यादवको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अवरोध गरिएको जनकपुर–जलेश्वर सडक प्रहरीले खुलाएको छ।

    होलीका दिन छुरा प्रहारबाट यादवको हत्या भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार सडक अवरोध गरेका थिए।

    बिहान ९ बजेदेखि अवरुद्ध सडक प्रहरीले बल प्रयोग गरेर दिउँसो सञ्चालनमा ल्याएको हो। जनकपुर–जलेश्वर सडक खण्डको बिन्धीमा अवरोध हटाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

    स्थानीयले सडकमै टायर बालेर अवरुद्ध गरेका थिए। सडक खुलाउन गएका सुरक्षाकर्मीलाई ढुंगामुढा प्रहार गरेका थिए। झडपमा दुवै पक्षका केकही व्यक्ति घाइते भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

    गत चैत २ गते जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा १५ वर्षीय अंशु यादवमाथि छुरा प्रहार भएको थियो। हत्या आरोपमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन्। अरु भने भारत फरार भएको प्रहरीको दाबी छ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १५:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij