२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराजले ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ। दराजले ४.४ सेल २०८१ चैत २२ गते , देखि सुरु भई ३१गते सम्म सञ्चालन हुने भएको छ ।
४.४ सेलमा ७० प्रतिशतसम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित रहेको छ । । उक्तसेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु। ७५० सम्मको छुट सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि दराजले ९ ओटा बैंकहरूसँग सहकार्य गरेको छ ।
किनमेलको लागि यी बैंकहरूको क्रेडिट कार्ड डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत ५०० सम्मको छुट प्राप्त गर्न सकिनेछ । यसैगरी, ग्राहकहरूका लागि ४४, रू ४ सय ४४, र रु। ४हजार ४ सय ४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले जानकारी दिए।
साथै, रु.९९, रु.३९९, रु.९९९, र रु.१,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाइनेछ । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु। ५ हजार बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९ सय ९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछ ।
सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij