Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू

सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू


  • 1.7K
    Shares

    • images
    सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू

    काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ ।

    यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो ।

    बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो ।

    अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।

    पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ भने स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १२:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij