Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वनमा लागेको आगो गाउँमा पस्दा धादिङमा दुई घर जलेर नष्ट

वनमा लागेको आगो गाउँमा पस्दा धादिङमा दुई घर जलेर नष्ट


  • 1.9K
    Shares

    वनमा लागेको आगो गाउँमा पस्दा धादिङमा दुई घर जलेर नष्ट

    धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिकास्थित वित्लव वनमा सल्केको डढेलोका कारण दुई घर जलेर नष्ट भएको छ । गजुरी गाउँपालिका वडा नम्वर दुईमा पर्ने बित्लव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको हो ।

    आगोलागीमा परी चनमती बिश्कर्मा र खुम राज बिश्वकर्माको घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    आगलागीका कारण तीन वटा बाख्रा जलेर मरेको छ तर मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।

    दिउँसो करिब चार बजेदेखि लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा साँझ ६ बजे नियन्त्रणमा आएको थियो ।

    images
    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - ०६:५८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij