Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

मन्त्रिपरिषद्‌मा छलफल– पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्म

मन्त्रिपरिषद्‌मा छलफल– पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्म


  • 5.1K
    Shares

    मन्त्रिपरिषद्‌मा छलफल– पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्म

    काठमाडौं । ‘तीनकुने हिंसा’लाई लिएर शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा गम्भीर समीक्षा भएको छ ।

    एक मन्त्रीले दिएको जानकारीअनुसार पर्दा पछाडिबाट मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ । तर कुनै निर्णय चाहिँ भएको छैन ।

    “ज्ञानेन्द्र शाहको गतिविधिका विषयमा विभिन्न कोणबाट गम्भीर छलफल भयो,” ती मन्त्रीले भने,“तर निर्णय केही भएको छैन । कानुनविपरीतको काम गर्नेलाई कारबाही गर्नका लागि कुनै निर्णय गरिरहन परेन तर ज्ञानेन्द्र शाहको भूमिकाका सन्दर्भमा छलफल चाहिँ भएको छ ।”

    उनका अनुसार पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्बन्धमा छलफल भएको थियो । “गृह मन्त्रालयलाई अध्ययन गरेर सिफारिस गर्न अधिकार दिएको छ,” उनले भने, “सबै अधिकार गृहलाई दिएको छ । अब के के गर्ने भन्ने सिफारिस गृहले गर्ला ।”

    सबैजसो मन्त्रीले गम्भीर विषयमा समीक्षा गर्नुपर्ने र सरकारले एउटा ‘एक्सन’ लिनुपर्ने धारणा राखेका थिए ।

    “ज्ञानेन्द्र शाहको गतिविधिलाई सुक्ष्म ढंगले हेरिरहेका छौँ, के गर्ने भन्ने निर्णय भएको छैन,” गृह मन्त्रालय स्रोतले भन्यो,“जुन आपराधिक गतिविधि नियन्त्रण गर्ने र जनताको अधिकारको रक्षा गर्ने कुरा छ त्यसका लागि कुनै निर्णय गर्नुपर्दैन । गृहले गर्ने भनिएको छ तर के गर्ने भन्ने निर्णय भएको छैन ।”

    images
    प्रकाशित मिति :चैत्र १६ २०८१ शनिवार - १३:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij