Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

यसरी बनेको थियो सालीसँग बिहे गर्न पत्नीको हत्या गर्ने योजना

यसरी बनेको थियो सालीसँग बिहे गर्न पत्नीको हत्या गर्ने योजना


  • 2.2K
    Shares

    यसरी बनेको थियो सालीसँग बिहे गर्न पत्नीको हत्या गर्ने योजना
    images

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बिजनौरमा एक युवकले सालीसँग बिहे गर्नका लागि आफ्नै पत्नीको हत्या गराएको खुलासा भएको छ ।

    २६ वर्षीय अंकितले सन् २०२० मा किरन नाम गरेकी युवतीसँग प्रेम विवाह गरेका थिए । दुवै अहिलेसम्म सन्तानविहीन थिए ।

    अंकितले आफ्नै सालीसँग विवाह गर्न चाहेका थिए । तर दिदीको घरबार बिगार्न चाहन्नँ भन्दै अंकितसँग विवाह गर्न मानिनन् । त्यसपछि अंकितले पत्नीको हत्या गर्ने योजना बनाए ।

    यस योजनाका लागि उनले सचिन कुमार नाम गरेका साथीको मद्दत लिए । सचिन इको कारका चालक थिए । सचिनले चलाउने कारको ठक्करबाट पत्नीको हत्या गर्ने, हत्यालाई दुर्घटनाको रूप दिएर उन्मुक्ति पाइने र आफूले सालीसँग विवाह गर्न पाउने सोच राखेर अंकितले यस्तो योजना बनाएका थिए ।

    मार्च ८ का दिन अंकित आफ्नी पत्नी किरनलाई बाइकमा राखेर निस्किए, जहाँ उनले सचिनलाई पहिला नै बोलाइसकेका थिए ।

    पेट्रोल पम्प नजिकै पुगेपछि उनले पेट्रोल हालेर आउँछु भन्दै पत्नीलाई बाइकबाट उत्रिएर केही अगाडि जान भने । पत्नी अगाडि बढेपछि पूर्वयोजना अनुसार उनी पेट्रोल पम्पतिर गए भने सचिनले किनरको पछाडिबाट कार हुइक्याउँदै किरनलाई ठक्कर दिए ।

    प्रहरीले उक्त दुर्घटनापछि सीसीटीभी फुटेज निकालेर अनुसन्धान थाल्यो । सडकको पेटीमा रहेकी किरनलाई गाडीले नियोजित रूपमा ठक्कर दिएको आशंका लागेपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

    दुर्घटनामा संलग्न गाडी पहिचान गरेपछि प्रहरीले चालकको खोजी ग¥यो । यस क्रममा चालक र मृतकका पति साथी रहेको तथ्य प्रकाशमा आयो ।

    सुरुमा अंकितले आफ्नै साथीमाथि दोष थुपारे । तर सचिनले अंकितकै योजना अनुसार किरनको हत्या गरिएको बयान दिएपछि अंकित र सचिन दुवैलाई नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०८१ शनिवार - ०६:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij