२०८२ चैत्र २ गते सोमवार
शुक्रबार संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।
रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन्।
शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। उनका अनुसार शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं प्रहरीले यस प्रकारका 'अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक' गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij