Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शन

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


  • 1.5K
    Shares

    • images
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौं । शुक्रबार साँझ ८ बजे मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको छ।

    राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बालुवाटारमा मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

    यसअघि राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो। सो क्षेत्रमा अहिले नेपाली सेना परिचालन भएको छ।

    काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा व्यक्तिका घर, सार्वजनिक संस्था तथा पार्टी कार्यालय, एवम् सञ्चारगृहमा तोडफोड तथा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको छ।

    शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो।

     

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १८:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij