Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतमा गाडी दुर्घटना हुँदा दाङका ४ जनाको मृत्यु, ५ घाइते

भारतमा गाडी दुर्घटना हुँदा दाङका ४ जनाको मृत्यु, ५ घाइते


  • 1.6K
    Shares

    • images
    भारतमा गाडी दुर्घटना हुँदा दाङका ४ जनाको मृत्यु, ५ घाइते

    काठमाडौं । भारतमा तीर्थ यात्रामा गएका दाङको तुलसीपुरका चार जना सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा चारै जनाको मृत्यु भएको छ। 

    दाङको तुलसीपुरबाट तीर्थयात्री लिएर भारत गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार बहराइचमा दुर्घटना भएको जनाइएको छ।

    दुर्घटनामा गाडीका चालक तुलसीपुर उपमहानगरपालिका-७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर-७ का वडाध्यक्ष  रामबहादुर जिसीले जानकारी दिए। अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुरकै भएको वडाध्यक्ष जीसीले बताए।

    गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ। 

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १४:०३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij