Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी : यस्तो देखियो काठमाडौंको सडक

राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी : यस्तो देखियो काठमाडौंको सडक


  • 1.7K
    Shares

    • images
    राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी : यस्तो देखियो काठमाडौंको सडक

    काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।

    आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् ।

    प्रदर्शन सुरु नहुँदै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित देखिएको छ । राजधानीका विभिन्न स्थानमा सवारी साधन गुड्न दिइएको छैन ।

    सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइएको छ ।

    aandolan.JPG

    आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।

    सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

    aandolan.JPG

    यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार चैत १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

     

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - ११:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij