Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ललितपुरस्थित कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा, ८ जना पक्राउ

ललितपुरस्थित कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा, ८ जना पक्राउ


  • 3.7K
    Shares

    • images
    ललितपुरस्थित कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा, ८ जना पक्राउ

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको भेटिएको छ । 

    कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

    जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन,  सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन छन् । नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला कर्मनाशाको बगर व्यक्तिको नाममा लिनेहरू लाई १० दिनअघि पक्राउ गरेर ललितपुर प्रहरीले  किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो । भुमाफियाहरुले नापी कार्यालयर र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाए । 
     
    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सो मध्येबाट २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरेको पाइएको छ । 

    अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सो जग्गालाई फेरी कित्ताकाट गरेर २ आना दुई पैसा सुजिताकै नाममा राखेर राधेश्यामको नाममा १ रोपनी १२ आना २ पैसा पास गरेको देखिन्छ ।’

    पहिलेको १ रोपनी ५ आनालाई कित्ताकाट गर्नेबेला फेरी बढाएर १० आना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १७:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij