Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा


  • 1.6K
    Shares

    • images
    एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले दुई लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेको अर्को व्यक्तिमा पोखरा महानगरपालिका–२७ बस्ने दिनेश लामिछाने छन् ।

    पोखरा महानगरपालिका–२७ का वडा सचिव लामिछानेले सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्ममिति सच्याउनको लागि घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा प्रभात लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्मदर्ता, जन्ममिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्ममिति र जन्मदर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।

    एकै व्यक्तिको फरक–फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत तयार गरी दिने प्रयोजनार्थ दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १६:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij