Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित


  • 2.6K
    Shares

    • images
    प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

    त्यसपछि पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक ४ बजे अर्को सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिन आउन अस्वीकार गरिरहेका छन् । 

    विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो । 

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १६:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij