Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ


  • 2.0K
    Shares

    • images
    माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् ।
     
    एसपी बोहोराका अनुसार उनी अमेरिकी नागरिक हुन् । उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।
     
    उनको नेतृत्वमा ८–१० जना जम्मा भई  ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्कि जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो । 

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १६:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij