Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु

राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु


  • 1.7K
    Shares

    राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु

    काठमाडौं । ‎सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। ‎मृत्यु‌ हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।

    ‎‎जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।

    ‎‎कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । ‎‎उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।  ‎‎उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १५:१८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij