Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार

पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार


  • 1.4K
    Shares

    • images
    पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार

    काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

    ७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् । पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।

    अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १३:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij