Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 

सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 


  • 5.1K
    Shares

    सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 

    काठमाडौं । सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् ।

    विद्यार्थीहरूले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन्।

    सरकारको भ्रष्ट्राचार, बेथिति, विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

    सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए ।

    गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ ।

    4.jpg3.jpg

    images
    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १३:०२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij