२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अवरुद्ध संसद् खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबिच छलफल भएको छ ।
विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग्दै बुधवारको संसद् बैठक अवरुद्ध पारेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल भएको हो । यसैबिच सभामुखको सचिवालयले विपक्षीको माग अनुसार प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएको जनाएको छ ।
‘सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ । अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन’, सभामुख घिमिरेको सचिवालयले भनेको छ ।
सभामुख र प्रमुख सचेतकहरूबिचको छलफलका कारण ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij