Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ र कस्तो खानेकुरा खाने ?

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ र कस्तो खानेकुरा खाने ?


  • 1.5K
    Shares

    शरीरमा क्याल्सियमको कमी भए के हुन्छ र कस्तो खानेकुरा खाने ?
    images

    काठमाडौं । क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

    वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा हड्डी कमजोर हुने र शरीरका विभिन्न भागमा दुखाइ लगायत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ ।

    सोया, दुध अथवा तोफू

    यदि तपाईँलाई दुध पिउन मन पर्दैन भने सोया दूध अथवा तोफूलाई आफ्नो खानामा समावेश गर्नु पर्छ । यसको स्वाद र दुधको स्वाद भिन्दै हुन्छ । सोया दूध अथवा तोफूमा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ ।

    बीउहरु

    आलस, फर्सी र तिलको बिउ पनि क्याल्सियमको राम्रो स्रोत हो । यी बीउहरुमा प्रोटीन र ओमेगा–३ फ्याटी एसिड पनि पर्याप्त मात्रामा पाइन्छ ।

    गेडागुडि

    एक कप गेडागुडिमा २४ प्रतिशतासम्म क्याल्सियम हुन्छ । त्यसैले गेडागुडिलाई आफ्नो डाइटमा समावेश गर्नाले शरीरमा क्याल्सियमको कमी पुरा हुन्छ ।

    पालुङ्गो

    पालुङ्गोमा पनि पर्याप्त मात्रामा क्याल्शियम हुन्छ । १०० ग्राम पालुङ्गोमा ९९ मिली क्याल्शिय हुन्छ । शरीरलाई स्वस्थ राख्नका लागि हप्तामा कम्तिमा तीन पटक पालुङ्गो खानु आवश्यक छ ।

    बदाम

    बदाम खानाले हड्डी बलियो हुन्छ किनभने यसमा पनि क्याल्सियम पाइन्छ ।

    अञ्जिर– बदाम

    एउटा अञ्जिर र दुई वटा बदाम राति भिजाउने र बिहान त्यसलाई सेवन गर्नु पर्छ ।

    दही

    एक कप सादा दहीमा ३० प्रतिशत क्याल्सियमका साथै फस्फोरस, पोटाशियम, भिटामिन बी२ र बी १२ हुन्छ । त्यसैले यदि तपाईँलाई दुध मन पर्दैन भने दही खान सक्नु हुन्छ ।

    राम तोरियाँ

    एक कचौरा राम तोरियाँमा ४० ग्राम क्याल्सियम हुन्छ । राम तोरियाँलाई हप्तामा दुई पटक खानाले दाँत बिग्रन पाउँदैन भने हड्डी पनि बलियो हुन्छ ।

    पनीर

    पनीरमा पनि पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । पनीरको सेवन गर्नाले शरीरमा क्याल्सियमका साथै प्रोटीनको कमी पनि पुरा हुन्छ ।

    दलिया

    एउटा सर्वेक्षणअनुसार दलियामा जिंक, पोटाशियम, म्याग्नेशियम, फोलेट, फस्फोरस र क्याल्सियम पर्याप्त मात्रामा पाइन्छ । त्यति मात्र नभएर दलिया मिनरल्स र भिटामिन्सको स्रोत पनि भएकाले दिनहुँ ब्रेकफास्टमा यसको सेवन गर्नाले शक्ति प्राप्त हुन्छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - ११:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij