Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने


  • 1.3K
    Shares

    • images
    अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । 

    ‘११ बजे बैठक छ, त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्दै हुनुहुन्छ’, सभामुखका प्रेस सहयोगी शेखर अधिकारीले भने,‘अवरोध हटाउन प्रयासस्वरुप छलफल हुन लागेको हो ।’

    विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका छन् । 

    प्रधानमन्त्रीले जवाफ नदिएसम्म विपक्षी दल संसद् बैठक चल्न नदिने रणनीतिमा छन् भने सरकार एउटा कर्मचारी हटाउँदैमा जवाफ दिएर हिँडिइनुपर्ने बताइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १०:४१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij