Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ललितपुरमा खुकुरी प्रहार गरेर ३० वर्षीय युवकको हत्या

ललितपुरमा खुकुरी प्रहार गरेर ३० वर्षीय युवकको हत्या


  • 2.6K
    Shares

    • images
    ललितपुरमा खुकुरी प्रहार गरेर ३० वर्षीय युवकको हत्या

    काठमाडौँ । ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले  बताए ।

    गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

    आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ । 

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - ०९:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij